बुधबारदेखि देशभर चिसो बढ्ने, सतर्कता अपनाउन महाशाखाको आग्रह


काठमाडौं – बुधबारदेखि देशभरीको मौसम बदली हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गर्दै हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको र बुधबार साँझसम्म नेपालको पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले भोलि (बुधबार)देखि मौसम बदली हुने जानकारी दिएको छ ।

यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ ।

महाशाखाले भनेको छ, ‘उक्त प्रणालीका कारण देशैभरि बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ ।’ महाशाखाले भनेको छ, ‘उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ ।’

यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने मौसमविद्को अनुमान छ । यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने मौसमविद्को अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement