काठमाण्डु – निर्वाचन आयोगले संघीय चुनावका लागि आगामी मंसिर २ गतेका लागि मिति पस्ताव गरेको छ । बुधबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा आयोगका पदाधिकारीले संघ र प्रदेशको निर्वाचन मंसिर २ मा एकै चरणमा गर्न प्रस्ताव गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एकै चरणमा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको बताए । आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लगायत सहभागी थिए ।




प्रतिक्रिया