नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते

नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको केन्द्रीय समितिको बैठकले चैत २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुनेगरी निर्वाचनको मिति तय गरिएको छ । निर्वाचनका कार्यक्रम चैत ७ गते सार्वजनिक गरिने बताइएको छ ।