काठमाण्डु – नेपाल पत्रकार महासंघले फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुक पिसिआर परीक्षण गर्न माग गरेको छ ।
महासंघका महासचिव रमेश विष्टले सोमबार एक विज्ञप्ति जारी गर्दै महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गर्ने सञ्चारकर्मीहरूमा समेत संक्रमण देखिने क्रम बढेको भन्दै महासंघले निःशुल्क परीक्षणको व्यवस्था गर्न माग गरेका छन् ।
्हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेको महासंघले जनाएको छ ।
त्यस्तै महासंघले सञ्चारकर्मीहरुलाई सञ्चार प्रतिष्ठानहरुलाई घरमै काम लगाउन पनि आग्रह गरेको छ ।
अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न पनि महासंघले आग्रह गरेको छ ।




प्रतिक्रिया