महिला क्रिकेटमा नेपालले काश्य जित्यो, माल्दिभ्स ८ रनमा अलआउट


काठमाडौं – १३औं दक्षिण एसियाली खेदकुद (साग)को महिला क्रिकेटमा नेपालले काश्य कदक जितेको छ । नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै काश्य जित्न सफल भएको हो ।

पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको थियो ।

नेपालकी अञ्जली चन्दले घातक बलिङ गरिन् । ४ ओभर बलिङ गरेकी उनले ३ मेडन राख्दै मात्र १ रन खर्चिर ४ विकेट लिइन् । समूह चरणमा माल्दिभ्सविरुद्ध नै उनले १३ बलमा रन नै नदिई ६ विकेट लिएर विश्व कीर्तिमान बनाएकी थिइन् ।

यस्तै कप्तान रुविना क्षेत्री र सीता राना मगरले समान २–२ विकेट लिएकी छन् । ९ रनको लक्ष्य मात्र नेपालले मात्र ७ बलमा विना विकेटको क्षतिमा भेट्टायो ।

प्रतिक्रिया दिनुहोस
Advertisement