दार्चुला – महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई जिल्ला अस्पतालबाट नेपालगञ्ज रेफर गरेको छ । घाइते महिलाको अवस्था गम्भीर रहेको बताइएको छ ।
आज बिहान महाकाली नदीमा बग्दै आएकी व्याँस गाउँपालिका १ की २६ वर्षीय सपना तिंकरी ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।
सशस्त्र प्रहरी वल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले घाइते महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगन्ज पठाइएको जानकारी दिए ।
उनले आइतवार विहान ६ः३० बजेतिर महाकाली नगरपालिकाको वडा नम्बर ४ दुमपानीबाट हाम फालेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनले किन नदिमा हाम फालिन भन्ने खुलेको छैन् । ऐतवाल हाल महाकाली नगरपालिका वडा नम्बर ४ तिंकरखेडामा बस्दै आएकी थिइन् । सपनाका श्रीमान कुलविर ऐतवाल नेपाली सेनाको न २ राजदल गण मेलम्चीमा कार्यरत छन् ।




प्रतिक्रिया