४६ प्रतिशत महिला आफ्ना पतीलाई पार्टनर नै ठान्दैननः अध्ययन


काठमाडौं – आजकल भागदौडले भरिएको जिन्दगीमा मानिसको जीवनमा तनाव व्यापक रहेको देखिन्छ । यो पनि विशेषगरी महिलाको जीवनमा ।

यदी महिला कामकाजी नभएको भए पनि घरको काम तथा बच्चाको हेरचाहमा धेरै किसिमका काम गर्नाले उसको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । यदी उनलाई सपोर्ट सिस्टम मिल्यो र उनको पतिले बच्चालाई सम्हाल्ने केही जिम्मेवारी उठाएमा महिलालाई ठूलै राहत मिल्न जान्छ ।

तर एक नयाँ अध्ययनका अनुसार कयौं महिलाले बच्चाको तुलनामा उसको पतिले धेरै तनाव पैदा गर्ने गर्छन । टुडेले ७००० महिलामा गरेको सर्भेमा महिलाले आफ्नो तनावको स्तरलाई १० पूर्णाकंमा ८.५ अंक दिएका थिए । उनीहरुमध्ये ४६ प्रतिशतले यो तनावका लागि बच्चा भन्दा बढी आफ्नो पति दोषि भएको बताएका छन् ।

सर्भेका अनुसार सहभागीले आफ्नो पार्टनर एक ठूलो बच्चा भएको बताएका छन् । महिलाहरुले भनेका छन् कि उनी आफ्नो पार्टनरलाई समान भागीदार मान्दिनन् । विवाहपछि जुन किसिमको तनाव हुन्छ, त्यो पिताको तनावबाट धेरै फरक रहेको छ ।

अधिकांश महिलालाई यो पनि लाग्ने गरेको छ कि घरको जिम्मेवारीको अधिकांश हिस्सा जस्तै बच्चाको स्याहारसुसार गर्नु आफ्नो काधमा आउने गरेको छ ।

यो पनि साचो हो कि अधिक पुरुष सक्रिय रुपमा घरको कामकाजमा धेरै भूमिका निभाईरहेका छन् । किनकी उनीहरुले आफ्नो साथीलाई आराम गर्न वा आफ्नो खुसीको काम गर्नका लागि समय निकाल्ने मौका दिन सकियोस् । तर यो मामिलामा बहुत धेरै गर्न आवश्यक छ । जसले महिलाले तनाव थोरै कम महशुश गर्न सकुन् ।

अर्को छुट्टै सर्भेमा १ हजार ५ सय पुरुषले बच्चालाई हुर्काउनका लागि धेरै मद्दत गर्न सकियोस भन्ने बताएका छन् । तर यसको जस आपूmहरुलाई प्राप्त नभएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement