फेवातालमा प्याराग्लाईडिङ्ग खस्यो, एपीएफ टोलीद्वारा एक जनाको उद्धार

फेवातालमा प्याराग्लाईडिङ्ग खस्यो, एपीएफ टोलीद्वारा एक जनाको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – प्याराग्लाईडिङ्ग गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका १८ खपौदी स्थित वाटरफन्ट नजिकै फेवातालमा खसेका एक जनाको एपीएफ टोलीले सोमबार सकुशल उद्धार गरेको छ ।

प्याराग्लाईडिङ्ग गरिरहेको बेला अनियन्त्रित भई फेवातालमा खसेका सोही महानगरपालिका १८ बस्ने १९ वर्षिय अमन थापा सो तालमा खसेका थिए ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिकाबाट फेवाताल रेस्क्यू टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले उनलाई तत्कालै उद्धार गरेको हो ।