काठमाण्डु – नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भूसालले त्रिभुज चुनाव चिह्न पाएका छन् । भुसाललाई एमाले नेतृत्वले टिकट नदिएपछि उनले पार्टी परित्याग गरेर स्वतन्त्र भएको घोषणा गरेका थिए ।
उनले रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनले भुसालाई सहयोग गर्ने निर्णय गरिसकेको छ । भुसाल निकट नेता कार्यकर्ताहरुले पार्टी समेत परित्याग गरिरहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले उनलाई त्रिभुज चुनाव चिह्न दिएको छ । पूर्व मन्त्री समेत रहको नेता भुसालले त्रिभुजका तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।




प्रतिक्रिया