ऐजेन्सी–अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुर्व राष्ट्रपति जोन एफ केनडीको हत्यासंग जोडिएका २८ सय गोप्य दस्तावेज सार्वजनिक गर्न आदेश दिएका छन् । गोप्य दस्ताबेज सार्वजनिक भएपछि उनको हत्याको यथार्थ कारण खुल्ने अनुमान गरिएको छ ।
केनडीसंग जोडिएका गोप्य दस्ताबेज आइतबार सार्वजनिक भएपछि अर्को एउटा महत्वपूर्ण तथ्य पनि सार्वजनिक भएको छ । क्युबाका क्रान्तिकारी नेता एंवम् पूर्व राष्ट्रपति फिडेल कास्त्रोको अमेरीकाले हत्या गर्न दर्जनौ पटक योजना बनाएको खुलासा भएको छ ।
क्युबा सरकारले अमेरीकी गुप्तचर संस्था सीआईले क्यास्त्रोको हत्याको योजना बनाएको आरोप लगाउदै आएको थियो । केनडीको हत्याको पछाडी क्यास्त्रोको संलग्नताको आरोप पनि लाग्दै आएको छ । बोस्टन कलेजका प्रेसिडेंसी इतिहासका प्रोफेसर पैट्रिक मैनीले क्यास्त्रोको हत्यासंग सीआईको सम्बन्ध रहेको आरोपमा केही न केही सत्यता हुन सक्ने बताए ।
आइतबार सार्वजनिक भएका दस्तावेजबाट अमेरीकी खुफिया विभाग र फलोरिडाबाट आएका क्यूबाका आप्रवासीको बीचमा बैठक भएको र कास्त्रोको हत्याको योजना बनेको सुचना समेत सार्वजनिक भएको छ । दस्तावेजमा क्यूबाका नेता कास्त्रोसहित धेरै ठुला नेताको हत्या गर्न सीआईले पैसाको प्रस्ताव गरेको सुचना समेत सार्वजनिक भएको छ ।
कास्त्रोको हत्याको लागी १ लाख डलर, उनका भाई राउल कास्त्रोको हत्या गर्न २० हजार र चे ग्वेराको हत्याको लागी २० हजार डलर दिने प्रस्ताव राखेको खुलासा भएको छ । अमेरीकी राष्ट्रपति जोन केनडीको हत्याबारे फरक फरक धारणा आइरहेको बेला यो अनुसन्धानले निक्र्योल गर्ने अपेक्षा गरिएको छ ।
अमेरिकी पुर्व राष्ट्रपटि केनडीको हत्यासंग सम्बन्धी गोप्य दस्तावेज सार्वजनिक भएसंगै यसको सत्य तथ्य बाहिर आउने अपेक्षा गरिएको छ । केनेडीको हत्या २२ नोभेम्बर १९६३ मा अमेरीकाको डालासमा भएको थियो । टेक्सासका गवर्नर जोन खानोलीको अगाडी केनोडीको हत्या भएको थियो । उनको हत्या लगत्तै पुलिस अधिकृत जेडी टिपिटको पनि हत्या भएको थियो ।




प्रतिक्रिया