फिफाद्वारा एन्फा निलम्बित

फिफाद्वारा एन्फा निलम्बित

अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ।

काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको हो। अर्को सूचना नआएसम्मका लागि यो निलम्बन कायम रहने फिफाले जनाएको छ।

यो निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ। निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार समेत गुमाएको छ।

फिफाका अनुसार निलम्बन अवधि कायम रहुञ्जेल एन्फासम्बद्ध राष्ट्रिय टोली तथा नेपाली क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।

साथै एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा सञ्चालित विकास कार्यक्रम, तालिम वा प्रशिक्षणमा पनि भाग लिन पाउने छैनन्।

निलम्बनमा परेपछि नेपालको राष्ट्रिय टिमदेखि क्लबले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । फिफा र एएफसीबाट पाउँदै आएको फण्ड पनि बन्द हुनेछ ।