फिफा वरीयतामा नेपालको १३ स्थान सुधार गर्दै ८७ औं स्थानमा

फिफा वरीयतामा नेपालको १३ स्थान सुधार गर्दै ८७ औं स्थानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा १३ स्थान माथि उक्लिएको छ ।

विश्व फुटबलको सर्वाेच निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७ औं स्थानमा पुगेको हो । नेपाल यसअघि १००औं स्थानमा थियो । यो नेपाली महिला फुटबल इतिहासकै सर्वश्रेष्ठ वरीयता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको कीर्तिमान थियो ।

गत जुलाईमा उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलमा नेपालले वरीयतामा १०७औं स्थानमा रहेको लाओसलाई ९–० र १५९औं स्थानको श्रीलंकाविरुद्ध ८–० को एकतर्फी जित हासिल गरेको थियो ।

दक्षिण एसियाली राष्ट्रहरूमा भारत शीर्ष स्थानमा छ । भारत ७ स्थान सुधार गर्दै ६३औं स्थानमा उक्लिएको छ भने नेपाल दोस्रो स्थानमा छ ।

यस्तै २४ स्थान माथि उक्लँदै बंगलादेश १०४ औं स्थानमा पुगेको छ । भारत र बंगलादेश दुवै एसियन कपका लागि छनोट भएका छन् ।