काठमाण्डु – फिफा क्लब विश्वकपमा अन्तिम १६ का खेल शनिबारदेखि शुरू हुँदैछन् । अन्तिम आठमा पुग्न पहिलो खेलमा बोटाफोगो र पाल्मेरियाले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे शुरू हुनेछ ।
त्यस्तै राति बेन्फिका र चेल्सी तथा इन्टर मियामी र पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले खेल्नेछन् ।
लियोनल मेसीले आफ्नो पूर्वक्लब पीएसजीविरुद्ध खेल्न लागेका हुन् । मेसी सन् २०२३ मा युरोपेली च्याम्पियन फ्रान्सेली क्लब छाडेर इन्टर मियामी पुगेका थिए ।
त्यस्तै सन् २०१३ यता पहिलो पटक चेल्सी र बेन्फिकाले खेल्न लागेका हुन् ।
प्रतिक्रिया