फिजीमा शक्तिशाली भुकम्प, विस्तृत विवरण अाउन बाँकी

फिजीमा शक्तिशाली भुकम्प, विस्तृत विवरण अाउन बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिजी– दक्षिणी प्रशान्तक्षेत्रीय राष्ट्र फिजीमा ८ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।

अमेरिकी भौगर्भिक अध्ययन संस्था ‘यूएस जियोलोजिकल सर्भे (युएसजीएस)ले स्थानीय समयअनुसार सोमबार बिहान ६ बजेर ४ मिनेटमा गएको भूकम्प ८ दशमलव २ रेक्टर स्केल  मापन गरिएको जानकारी दिएको छ। जमिनको सतहभन्दा करीब ५ सय ६३ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको बताइएको छ ।

फिजीको न्डोइ आइल्यान्ड भन्दा करीब ७४ किलोमिटर दक्षिणपश्चिममा भूकम्पको केन्द्रबिन्दू रहेको अनुमान गरिएको छ।

भूकम्पपछि धेरै स्थानमा सामुद्रिक आँधी आउने संभावना हुने भएपनि फिजीमा भने आँँधीको खतरा नरहेको प्यासिफिक सुनामी वार्निङ सेन्टरले उल्लेख गरेको छ। घटनापछि राहत र उद्धार थालिएको तर क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाे जानकारी दिइएकाे छ।