चलचित्र ‘A’ को प्रदर्शन मिति घोषणा


काठमाण्डु – चलचित्र ‘A’ को प्रर्दशन मिति घोषणा भएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् थ्रिलर चलचित्र आगामी २०७८ सालको तिहारमा प्रदर्शन गरिने भएको हो ।

तिहारमा चलचित्रलाई प्रदर्शनमा ल्याउने भएता पनि मिति भने केही समय पछि सार्वजनिक गर्ने वितरक करण श्रेष्ठले बताए । यस चलचित्रको मुख्य भुमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत, दुर्गेश थापा र रविगिरी रहेका छन् ।

अन्य कलाकारमा प्रविन खतिवडा, सुरज बज्राचार्य, बिकेश प्रजापति, सुरज विष्ट, गितबिष्ट रविपिन कार्की लगाएत रहेका छन् । बालकलाकारमा जसिका घिमिरे, अग्रता राई, अभिमानसिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापा रहेका छन् ।

यो चलचित्रको कथा राकेश रनपालको रहेको छ भने पटकथा तथा सम्बाद भोमन कटुवाल र आकाश उखेडाको रहेको छ ।
चलचित्रको छायाँकंन मोहनकुमार झिल्लुले गर्ने भएका छन् । यस चलचित्रको निर्देशन भने भोमन कटुवालले गर्दैछन् चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement