कर नतिर्ने फिल्म हललाई काठमाडौं महानगरले दियो यस्तो चेतावनी

कर नतिर्ने फिल्म हललाई काठमाडौं महानगरले दियो यस्तो चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र घरहरुले मनोरञ्जन शुल्कबापतको कर आगामी १७ गतेसम्म नतिरे फिल्म हलमाथि कारबाही गर्ने काठमाडौं महानगरपालिकाले चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाको राजस्व विभागले भदौ १७ गतेसम्म सम्पर्कमा आउन भन्दै एक सूचना जारी गर्दै महानगरभित्र भएका ४२ मध्ये कर नतिर्ने ३८ वटा सिनेमा घरलाई उक्त चेतावनी दिएको हो ।

गएको वर्ष चारवटा हलले मनोरञ्जनबापतको शुल्क बुझाउँदा १९ लाख रुपैयाँ संकलन भएको थियो ।

यस्तो छ महानगरले जारी गरेको सूचना
प्रदेश नं.३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रति टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम प्रत्येक महिना समाप्त भएको मितिले २५ दिनभित्र काठमाडौं महानगरपालिकामा बुझाउनुपर्दछ ।

यसै व्यवस्थाबमोजिम चलचित्र घरहरुलाई कर रकम बुझाउन पटक पटक पत्राचार गरि सकिएको छ । यति गर्दा पनि अहिलेसम्म पनि आर्थिक वर्ष २०७५–०७६ मा मनोरञ्जन कर बापत दर्शकहरुबाट लिएको रकम स्थानीय सरकार (यस काठमाडौं महानगरपालिका)मा दाखिला हुन नआएकोले यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

यसै सूचनासँगै सम्बन्धित चलचित्र घरहरुलाई आफूले चलचित्र प्रदर्शन गर्ने क्रममा बिक्री गरेको टिकटको विवरणसहित भदौ १७ गते ९भदौ ३ गतेबाट १५ दिनभित्र० मंगलबारभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग, बबरमहलमा सम्पर्क गरी मनोरञ्जन कर बुझाउनुहुन अनुरोध गरिन्छ। ऐनको दफा ४ (३) बमोजिम गत आर्थिक वर्षको बक्यौता रकमसमेत भुक्तानी गर्नुपर्नेछ ।

यो सूचनाको ख्याल नगर्ने तथा दर्शकहरुसँग मनोरञ्जन करबापत असुल गरिसकेको कर रकम स्थानीय सरकारलाई नबुझाउने चलचित्र घरहरुलाई नियमानुसार कारबाही हुने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइन्छ ।