चलचित्र जारकी अभिनेत्री गीताञ्जली को हुन् ?

चलचित्र जारकी अभिनेत्री गीताञ्जली को हुन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड- चलचित्र जारमा मुख्य भूमिकामा सौगात मल्ल छन् । उनको अपोजिटमा गीताञ्जली थापा छिन् ।

सामाजिक विषयवस्तुमा आधारित रहेर जार वैशाख २६ गते रिलिज हुँदै छ । गिताञ्जली नेपाली दर्शकका नयाँ अनुहार हुन् ।

गीताञ्जली बलिउडमा पनि आफूलाई अब्बल प्रमाणित गरिसकेकी कलाकार हुन् । उनी राष्ट्रिय अवार्ड विजेता हुन् । गीताञ्जली लायर्स डाइसबाट भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री हुन् ।

नेटफ्लिक्सका प्रयोगकर्ताका लागि उनी परिचित छन् । नेटफ्लिक्स सिरिज सेक्रेड गेम्समा पनि गीताञ्जलीको अभिनय छ ।

उनका सिनेमा विश्वका ठूला र प्रतिष्ठित फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । गीताञ्जली अभिनीत सिनेमा टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्कलगायत विश्वका ठूला फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् ।

जार सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित सिनेमा हो । जार साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।

जारलाई निर्देशक फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् । चलचित्र जारले प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउने निर्माणपक्षले जनाएको छ ।