फिल्म ‘नाक्छोङ’को छायांकन सुरु

फिल्म ‘नाक्छोङ’को छायांकन सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- फिल्म ‘नाक्छोङ’ (विजुवा)को छायांकन सुरु भएको छ । मोरङको बेलाबारीमा शुभ–मुर्हूत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

फिल्मको मुर्हूत परम्परागत भन्दा केही भिन्न तवरबाट गरियो । मुर्हूतमा स्थानीय विजुवाले तीन चुला र चिण्डोलाई पूजासहित पुर्खाहरू सम्झँदै फिल्मको मुर्हूत गरेका थिए ।

मुर्हुत कार्यक्रममा लेखक तथा निर्देशक नविन सुब्बा, मिलन चाम्सलगायत स्थानीय कलाकर्मीको उपस्थिति थियो । कार्यक्रममा कलाकार याशेली योङ्हाङ र हेम दिलुङ्छाले मुर्हूत सट दिँदा त्यसको निर्देशक नविन सुब्बा, क्यामरा रोल वडाध्यक्ष बिक्रम वान्तवा र क्ल्याप मिलन चाम्सले पड्काएका थिए ।

फिल्म ‘गाउँ आएको बाटो’मा आफुले राईको कथा केही देखाउन खोजीपने त्यो पर्याप्त नभएको सुब्बाको भनाई थियो । ‘नाक्छोङ’का निर्माता ज्योतीराजले ‘नाक्छोङ’ बिजुवाको निर्माणको औचित्य राईको परम्परा जोगाएर पुस्तान्तरण गर्न रहेको बताए । हरेक चाड, विवाह, कुलपितृ, रीतिभेषभूषामा आवश्यक बिजुवाको संरक्षणका लागि फिल्म निर्माण गर्न लागेको बताए । ‘नाक्छोङ’ स्वदेशीको अलवा अन्तर्राष्ट्रिय फिल्म महोत्सवको लागि निर्माण हुन लागेको उनले खुलाए ।