काठमाण्डु – अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकबाट वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।
अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा बसेको बैठकबाट सर्वसम्मत रूपमा विधेयक पारित भएको छ ।




प्रतिक्रिया