काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सामेल गराएपछि चौतर्फी विवादित बनेका अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय समिति गठन भएको हो ।
प्रमुख विपक्षी दल नेकपा एमालेको माग बमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएकाे हाे । सभामुख अग्नि प्रसाद सापकोटाले उक्त समिति गठन भएको प्रतिनिधिसभामा जानकारी गराएका हुन् ।
समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २–२ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट १–१ जना गरी ११ सदस्यीय छानबिन समिति गठन भएको हो ।
समितिमा खगराज अधिकारी, देव प्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।




प्रतिक्रिया