कार्यसम्पादन सन्तोषजनक नभएपछि अर्थ सचिव परिवर्तन गर्ने तयारी, पुष्कर र भण्डारीमध्ये एक अर्थमा आउंदै

कार्यसम्पादन सन्तोषजनक नभएपछि अर्थ सचिव परिवर्तन गर्ने तयारी, पुष्कर र भण्डारीमध्ये एक अर्थमा आउंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले अर्थसचिव परिवर्तन गर्ने तयारी गरेको छ । अर्थसचिव अर्जुन पोखरेलको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई हटाउने तयारी भएको हो । उनका ठाउंमा यसअघि अर्थसचिव रहिसकेका कृष्णहरि पुष्कर वा केवल भण्डारी मध्ये एक जनालाई अर्थमा ल्याउने तयारी रहेको स्रोतले बतायो ।

‘अर्थसचिवको कार्यसम्पादन सन्तोषजनक भएन् । त्यसले उनलाई हटाउने बारेमा निर्णय भइसकेको छ । तर, सरुवा आज हुन्छकी अर्को पटकको बैठकमा हुन्छ त्यो भन्न सकिएन ।’ प्रधानमन्त्री निकट स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।

मन्त्रिपरिषदको बैठक मंगलवार ४ बजे बस्ने तयारी छ । बैठकमा प्रहरीका एआईजी श्याम ज्ञवाली र दीपक थापाको सरुवा हुंदैछ । आजको बैठकमा सचिवहरुको समेत सरुवा हुन सक्ने सम्भावना छ ।

पुष्कर अहिले सामान्य प्रशासन मन्त्रालयको सचिव छन् । युवा र प्रष्ट वक्ताका रुपमा चिनिने पुष्कर यसअघि जर्नादन शर्मा अर्थमन्त्री हुंदा राजस्व र अर्थ दुवैको सचिव भएर काम गरेका थिए । उनलाई अर्थमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल,सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्थमन्त्री प्रकाशशरण महतबीच सहमति भइसकेको छ ।

अर्थसचिव पोखरेललाई व्यवसायी दिपक मल्होत्राको लविङमा अर्थमा ल्याइएको थियो । तर, उनको नेतृत्वमा अर्थमन्त्रालयले प्रभावकारी काम गर्न नसकेपछि सरकार सचिव परिवर्तन गर्न लागेको हो ।

उनि वैशाखमा अर्थमा आउनुभन्दा अघि प्रधानमन्त्री कार्यालयमा थिए । विष्णु पौडेल अर्थमन्त्री हुंदा अर्थसचिव बनेका तोयम रायलाई त्यो बेला सरुवा गरेर उपराष्ट्रपति कार्यालयमा लगिएको थियो ।