तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव भव्यताका साथ सम्पन्न


यशाेदा भुजेल

काठमाडौं – आदिवासी जनजाति चलचित्र महासंघद्वारा आयोजित राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा शुक्रबारदेखि सुरु भएको तीनदिने ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०६७’ भव्यताका साथ सम्पन्न भएको छ ।

महोत्सव आइतबार चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । १९ वटा चलचित्रमध्येबाट उतकृष्ट ८ बिभिन्न बिधामा अवार्ड प्रदान गरिएको छ । जस्मा १. उतकृष्ट सर्ट फिल्म पुल्टि २. सुनुवार समुदायमा आधारित उत्कृष्ट वृतचित्र छेगु ३. चलचित्र ‘यारी’बाट युवराज राईले उत्कृष्ट छायाँकारको उपाधि हात पारे ४. उत्कृष्ट महिला कलाकार बिनिता थापा मगर ५. उत्कृष्ट पुरुष कलाकार बलबहादुर गुरुङ ७. निर्देशक जसु गुरुङ ६. उत्कृष्ट चलचित्र के–च्याब्रुङ ले उपाधि जित्न सफल भएको छ । त्यसैगरि उत्कृष्ट पब्लिक च्वाईस अवाड चलचित्र ‘रिजेनासा’ले हात पार्न सफल भएको छ ।

सफल र उत्कृष्ट चलचित्रलाई प्रमुख अतिथि चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईले उपाधि प्रदान गरेका थिए । महासंघले उत्कृष्ट र उपाधि विजेता चलचित्रकर्मीहरुका सार्थै तेस्रो आदिवासी जनजाती २०७६’ महोत्सव सफल पार्न सहयोग गर्नु हुने सम्पुर्णमा धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement