विश्वकै कान्छी प्रधानमन्त्री बनिन् साना


फिनल्यान्ड – फिनल्यान्डमा नयाँ प्रधानमन्त्री निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी ३४ वर्षिय साना मरिन प्रधानमन्त्री बनेकी हुन ।

यसअघि यातायात मन्त्री रहेकी मरिन पाँच वटा पार्टीको मिलिजुली सरकारमा प्रधानमन्त्री बनेकी रोयटर्सले जनाएको छ । उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन् । ‘हामीले विश्वासलाई पुनर्जिवित गर्न धेरै काम गर्नु पर्नेछ’, सानाले भनिन्, ‘त्यसमा म दृढ भएर लाग्नेछु ।’

उनी २७ वर्षकै उमेरमा फिनल्यान्डको औधोगिक शहर टेम्पुरीको सिटी काउन्सी प्रमुख बनेकी थिइन् । फिनल्यान्डको औधोगिक क्षेत्रमा हड्ताल भइरहेको छ । त्यसकै कारण यस अघिका प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । यही अवस्थामा उनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement