गोरखनाथ गणका सैनिकले आफैंमाथि गोली प्रहार गर्दा मृत्यु

गोरखनाथ गणका सैनिकले आफैंमाथि गोली प्रहार गर्दा मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवलपुरको अमलटारीमा रहेको गोरखनाथ गणमा कार्यरत सैनिकले आफैंमाथि गोली प्रहार गर्दा मृत्यु भएको छ ।

धादिङको गल्छी घर भएका २२ वर्षीय सैनिक जवान सुदीप मिजारले शनिबार दिउँसो आफ्नै घाँटीमा गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।

अमलटारी सेक्टरमा दरबन्दी रहेका उनी चितवनको बाँदरभुला पोस्टमा कार्यरत रहेका प्रहरीले जनाएको छ ।