काठमाण्डु- इरानको अन्डिशे सहरको अर्गावन कमर्शल कम्पलेक्स सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
अन्डिशे अर्गावन कमर्शल कम्प्लेक्स इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा रहेको छ । आगलागीमा परि ३६ जना घाइते भएको इरानको आइआरआइबी टेलिभिजनले जनाएको छ ।
२५० भन्दा बढी व्यापारिक एकाइहरु सञ्चालनमा रहेको भवनमा स्थानीय समय अनुसार वेलुका ४ः४० मा आगलागी भएको हो । मिश्रित सामग्रीका कारण आगो छिटै फैलिएको इरानी विद्यार्थी सङ्गठन आइएसएनए ले एन्डिशे शहरको अग्नि नियन्त्रण विभागका प्रमुख अली पाइदारनले बताए ।
आइएसएनएले इरानको रेड क्रिसेन्ट सोसाइटीलाई उद्धृत गर्दै तालिम प्राप्त कुकुरहरूसहित उद्धार खोजी र उद्धारका लागि घटनास्थलमा रहेको बताएको छ।




प्रतिक्रिया