त्रिभुवन विमानस्थलको कफीसपमा आगलागी

त्रिभुवन विमानस्थलको कफीसपमा आगलागी


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कफीसपमा आगलागी भएको छ ।

विमानस्थलभित्र सोमबार साँझ बिजुली सट भएर आगलागी भएको अनुमान गरिएको छ । घटनाबारे थप विवरण आइसकेको छैन ।

विमानस्थलको अन्तर्रा्ष्ट्रिय टर्मिनलतर्फको प्रतिक्षालय कक्षमा आगालागी भएको विमानस्थल सुरक्षा कार्यालयका निमित्त प्रमुख एसएसपी राम त्रिपाल साहले जानकारी दिए ।

आगालागीका कारण विमानस्थलको उडान रोकिएको छ । आगो नियन्त्रणका लागि प्रहरीहरु जुटिरहेका छन् ।