काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा भएको आगालागी नियन्त्रणमा आएको छ । विमानस्थलमा लागेको आगो केही समयमा नै नियन्त्रणमा आएको हो ।
विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको प्रतिक्षालय कक्षमा सोमबार राति ९ बजे आगालागी भएको थियो । आगालागी विद्युत सर्ट भएर हुन सक्ने महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले बताए ।
आगालागीका कारण विमानस्थलको उडान केहीबेर रोकिएको थियो । घटनामा कुनै मानवीय क्षति भएको छैन ।




प्रतिक्रिया