अस्ट्रेलियामा जापान जत्रो क्षेत्रफलमा आगलागी

अस्ट्रेलियामा जापान जत्रो क्षेत्रफलमा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्थ – अस्ट्रेलियाको जंगलमा लागेको आगोबाट प्रभावित इलाकामा राहत तथा बचाउ कार्य युद्धस्तरमा सुरु भएको छ । नौसेनको जहाज तथा सैन्य विमानबाट यी क्षेत्रमा राशन– पानी तथा इन्धन पठाइन थालिएको छ ।

न्यू साउथ वेल्स तथा भिक्टोरिया राज्यमा ४ को मृत्यू भएपछि हाल सम्म आगोको चपेटामा परेर १४ को मृत्यू भइसकेको छ । भिक्टोरियाका आपतकालिन आयुक्त एन्ड्रिउ क्रिस्पका अनुसार सेनाको एक दल मल्लकुटामा राहत सामग्री लिएर गइरहेको छ । यसका अतिरिक्त हेलिकप्टरबाट पनि राहत सामग्री पठाइन थालिएको छ ।

यद्यपि स्थिति नियन्त्रणमै रहेको बताइएको छ । तर पुरै राज्यमा आगोको खतरा अझैपनि बाँकि नै रहेको छ । न्यू साउथ वेल्सको कंजोला पार्कमा आगोका कारण कैयौं घर पुरै नष्ट भएका छन् ।

दक्षिणपूर्वी अस्ट्रेलियाको मल्लकुटा सहरमा मंगलबार बिहान ४ हजार स्थानीय मानिस र पर्यटकले समुद्रतर्फ भागेर आफ्नो ज्यान बचाएका थिए । उनीहरुले कार तथा डुंगामा मुश्किलले रात बिताएका थिए ।

मंगलबार अबेर राती हावको दिशा फेरिनाले मानिसलाई राहात मिलेको थियो । अस्ट्रेलियाको जंंगलमा लागेको आगोको प्रभाव लगभग ५० लाख हेक्टर जमिनमा परेको छ । यो क्षेत्रफल जापानको पुरै क्षेत्रफल बराबरी हो ।

अस्ट्रेलियाको ग्रीन्स पार्टीका नेता रिचार्ड डी नटालले जंगलमा लागेको आगोको जाँच रोयल कमिसनबाट गराउन माग गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन्, यदी प्रधानमन्त्री स्कट मरिसनले आफ्नो माग पुरा नगरेमा उनले संसदीय आयोगबाट यसको माग गर्नेछन् ।’

अस्ट्रेलिया कोइला तथा तरल प्राकृतिक ग्यासको मामिलामा यो विश्वकै सर्वाधिक बढी निर्यातक मुलुक हो ।