काठमाडौं – काठमाडौँको बसन्तपुरस्थित मख्खान गल्लीमा ग्यास सिलिन्डर पड्कदा भीषण आगलागी भएको छ। काठमाडौं जनसेवा प्रहरीका अनुसार बिहान ११ बजेदेखि आगलागि भइरहेको छ।
आगलागी निभाउने प्रयास भए पनि नियन्णमा भने आइसकेको काठमाडौं जुद्ध बारुण नियन्त्रक बद्री नगरगोटी बताए। उनले भने, ‘ पुरानो घरमा आगलागी भएको हो। आगो निभाउने प्रयास भइरहेको छ ।
प्रहरीका अनुसार अहिलेसम्म ९ वटा ग्यास पड्किसकेका छन्। आगलागीबाट एक घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने दुईवटा घरमा लागिरहेको आगो अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।




प्रतिक्रिया