काठमाण्डु – बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुखमाथि गोली प्रहार भएको छ ।
क्याम्पस प्रमुख हरिभूषण कुशवाहामाथि अज्ञात समूहद्वारा गोली प्रहार भएको छ ।
कुशवाहामाथि साँझ करीब ६ बजेतिर गोली प्रहार भएको बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए ।
उनको कोखामा १ राउन्ड गोली लागेको र वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको एसपी खड्काले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया