काठमाण्डु – वि.सं. २०७८ साल वैशाख १९ गते आइतबार । इस्वी सन् २०२१ मार्च ०२ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर २५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३७ मिनेट । दिनमान ३२ घडी ५८ पला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेहुँदा मन प्रशन्न रहनेछन् ।
बृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो) व्यापार व्यावसायमा प्रशस्त समय लगानी गरे पनि आम्दानी थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजाँदा गुरुवर्ग तथा आफन्तको गाली खाईनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) अध्ययन अध्यापनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित विषयमा सहभागी नहुनु होला समय मध्ययम रहेको छ । मामा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) परिवार तथा सन्तानबाट तपाईं गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउँदा राम्रो कमाइ हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धनसम्पत्ति लाभ हुने समय रहेको छ ।
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) समय तथा परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेको छ । आफन्त तथा आफूले मन पराएको मानिससँग दूरी बढ्ने योग रहेको छ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु ते) पढाइ लेखाइमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ । मायाप्रेममा धोका हुनेछ भने पतिपत्नीसँग मनमुटाव बढ्न सक्छ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यी, यु) माया प्रेममा सामीप्यता बढेर जाने तथा पतिपत्नीबीच विश्वासको वातावरण बढ्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) राजनीति तथा समाज सेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेको छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्तसँग टाडिएर लामो दूरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) परिवार तथा आफन्तजन तपाईंदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) दाजुभाइको सहयोग हुनेहुँदा मन प्रसन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) विद्या तथा प्रतिस्पर्धामा अरु नै हावी हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ । राज्यसँग नजिक रहेर गरिने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला ।




प्रतिक्रिया