कानुन निर्माण संसदको पहिलो प्रथामिकता : अध्यक्ष तिमिल्सिना

कानुन निर्माण संसदको पहिलो प्रथामिकता : अध्यक्ष तिमिल्सिना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्नुपर्ने एकसयभन्दा बढी कानूनको निर्माणमा प्राथमिकताका साथ संसद् जुटिरहेको बताएका छन् । नेपालका लागि जापानका राजदूत मासासी ओगावासँगको शिष्टाचार भेटका क्रममा निर्वाचनपछि नेपाल समृद्धितर्फ उन्मुख भएको र यस अभियानमा मित्रराष्ट्रहरुको सहयोग र साथ प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले पछिल्ला वर्षहरुमा नेपालले भूकम्प, संविधान निर्माण र नाकाबन्दीको सामना गरेको बताउँदै त्यस काममा आफ्नो साढे चार वर्षको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका राजदूत ओगावामार्फत जापानबाट प्राप्त सहयोगको सराहना गरे।

जापानले पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरेको सहयोगले नेपाल लाभान्वित भएको पनि उनले उल्लेख गरेका छन् । अध्यक्ष तिमिल्सिनाले दुई देशबीच संसद्मैत्री समूह गठन गरी सांसदको भ्रमण तथा अनुभव आदानप्रदानमा पहल गर्ने विश्वास पनि व्यक्त गरे ।

निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनतर्फ लागेकाले नेपालले स्थिरता र समृद्धिको लक्ष्य छिट्टै हासिल गर्ने विश्वास राजदूत ओगावाले व्यक्त गरेको अध्यक्ष तिमिल्सिनाका सञ्चारविज्ञ अशोक पौडेलले जानकारी दिए ।