संसद् पहिलाे अधिवेशन अाजबाट अन्त्य

संसद् पहिलाे अधिवेशन अाजबाट अन्त्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन म‌‌‍‍‍गलबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

राष्ट्रियसभा बैठक ८ पटक बसेको संसद सचिवालयले जनाएको छ।  जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ। त्यसको कम्तीमा १५ दिनअघि नै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले संसदको पहिलो अधिवेशन अन्त्य गरिएको हो।

यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।