अनुहारको दागधब्बा हटाउने घरेलु उपाय ‘फिटकिरी’, कसरी प्रयोग गर्ने ?

अनुहारको दागधब्बा हटाउने घरेलु उपाय ‘फिटकिरी’, कसरी प्रयोग गर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– छाला सफा, दागरहित र चम्किलो हुँदा मात्रै अनुहारको सौन्दर्य चम्किलो हुन्छ तर प्रदूषण, घाम, हर्मोनल परिवर्तन र छाला हेरचाहको गलत बानीका कारण अनुहारमा दाग र पिग्मेन्टेसनको समस्या सामान्य बन्दै गएको छ ।

फिटकिरीमा प्राकृतिक एन्टिब्याक्टेरियल र एस्ट्रिजेन्ट गुण हुन्छ । यसले छालालाई गहिरो रूपमा सफा गर्छ, मृत कोशिकाहरू हटाउँछ, छिद्रहरू कम गर्छ र छालालाई टोन दिन्छ।

फिटकिरीका फाइदा
एन्टिब्याक्टेरियल गुण – छालाबाट ब्याक्टेरिया हटाउँछ
एस्ट्रिजेन्ट प्रभाव – छालाको छिद्रलाई संकुचित गर्छ
गहिरो सफाइ – मृत कोशिकाहरू हटाएर छालालाई ताजा बनाउँछ
तेल नियन्त्रण – छालामा तेल जम्न नदिई नयाँ दाग बन्न कम गर्छ

फिटकिरी र पानी

–एक गिलास पानीमा फिटकरीको सानो टुक्रा हालेर २–३ घण्टासम्म छोड्नु होस्।
–यो पानीलाई कपासको सहयोगले अनुहारमा लगाउनुहोस्
–१० मिनेटपछि सादा पानीले धुनुहोस्
–हप्तामा दुई पटक प्रयोग गर्नुहोस्

फिटकिरी र गुलाब जल

–एक चम्चा गुलाबजलमा फिटकरीको धूलो मिसाएर पेस्ट बनाउनुहोस्।
– यसलाई दाग भएको ठाउँमा लगाउनुहोस्
–१५ मिनेट पछि धुनुहोस्
–यसले छालालाई टोन र उज्यालो बनाउँछ

फिटकिरी र कागती
–आधा चम्चा फिटकिरी पाउडरमा केही थोपा कागतीको रस मिलाउनुहोस्।
–दाग भएको ठाउँहरूमा लगाउनुहोस् र १० मिनेटको लागि छोड्नुहोस्
–चिसो पानीसँग धुनुहोस्
–यसले पिग्मेन्टेसन र कालो धब्बाहरूलाई हल्का बनाउँछ

फिटकिरी प्रयोग गर्दा सावधानीहरू

–फिटकिरीलाई सीधै छालामा लामो समयसम्म नराख्नुहोस्, यसले जलन हुन सक्छ
–संवेदनशील छाला भएकाहरूले प्याच टेस्ट गर्नु महत्त्वपूर्ण छ
–फिटकिरीले अनुहारको दाग हटाउनुहोस्, गर्नुहोस् यसरी प्रयोगखा वरिपरि फिटकिरी प्रयोग नगर्नुहोस्
–हप्तामा २–३ पटक भन्दा बढी प्रयोग नगर्नुहोस्