काठमाण्डु– देशभरमा ५ जनाको शब फेला परेको छ ।
इलाम,प्युठान,काभ्रे, धादिङ र बाँकेमा गरी ५ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मृत फेला परेकामा इलाम नगरपालिका–६ सिङफिरिङ बस्ने ४९ वर्षीय डम्बर बहादुर थापा सोही नगरपालिका–८ स्थित गोठमा आइतबार मृत अवस्थामा फेला परेका थिए । शनिबार दिउँसो
घरबाट हिँडेका उनी घर फर्की नआएकोले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यता, प्युठान नगरपालिका–२ आर्नेटा मसेरी बस्ने ५२ वर्षीय भक्त बहादुर बिष्ट सोहीठाउँस्थित आफ्नै दाइको घरको आँगनमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, काभ्रेको तेमाल गाउँपालिका–८ भर्याङ् बस्ने ५५ वर्षीय शम्भु बहादुर बिक सोही ठाउँस्थित बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, धादिङको गल्छी गाउँपालिका–६ र बाँके कोहलपुर नगरपालिका–२ मा नाम, थर, वतन नखुलेकी अन्दाजी २९ वर्षीया महिला र ७० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया