काठमाण्डु-आज संघीय संसदका पाँचवटा संसदीय समितिको बैठक बस्दै छ ।
बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपालको बाल सुधारगृहमा रहेका बालबालिकाहरूको बारेमा छलफल हुनेछ । त्यस्तै कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानवअधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ ।
बिहान ११ बजे सार्वजनिक लेखा समितिको बैठक बस्दै छ । बैठकमा समितिगत विषयमा छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूलप्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको ’सूचनाको हक’ सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफल हुनेछ ।
दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा द्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।




प्रतिक्रिया