आकस्मिक पत्रकार सम्मेलन गर्दै पाँच विद्यार्थी संगठन

आकस्मिक पत्रकार सम्मेलन गर्दै पाँच विद्यार्थी संगठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिगमन बिरोधी पाँच विद्यार्थी संगठनले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन आज दिउँसो १ बजे वानेस्वर स्थित होटल अर्यालमा राखिएको छ ।

पेट्रोलियम पदार्थमा पटक पटक गरि जनताको ढाड सेक्नेगरि गरिएको व्यापक मुल्यवृद्धि फिर्ता लिन सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम आज सकिनै लाग्दा पत्रकार सम्मेलन राखिएको हो । पत्रकार सम्मेलन मार्फत ओली सरकारलाई घुँडा टेकाउने गरि निकै कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने अखिल(करान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।

पत्रकार सम्मेलन मार्फत प्रतिगमन बिरुद्ध जारी आन्दोलका आगामी रणनिती तथा नेपाल वायुसेवा निगमको निजिकरण गरेर सरकारी ध्वजाबाहक कम्पनी डुवाउने गरि ओली सरकारले चालेको पछिल्लो कदम बिरुद्ध समेत बिध्यार्थी संगठनहरुले संयुक्त धारणा र कार्यक्रम सार्वजनिक गर्ने मैनालीले बताए ।