हरेक पाँच वर्षमा डाक्टरको परीक्षा, सय नम्बर नल्याए लाइसेन्स खारेज

हरेक पाँच वर्षमा डाक्टरको परीक्षा, सय नम्बर नल्याए लाइसेन्स खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – डाक्टरहरुको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न गालेपछि अब हरेक पाँच वर्षमा उनीहरुको परीक्षा हुने भएको छ। गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो।

यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर सँधैका लागि सेवामा योग्य हुने व्यवस्था थियो। तर, अब हरेक पाँच वर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुने छ। सय नम्बर नल्याउने डाक्टरको मेडिकल काउन्सिलका अधिकारीहरुले विभिन्न स्वास्थ्य संस्थाले आचारसंहिताविपरीत डाक्टरका नाम राखेर आफ्नो विज्ञापन गरिरहेको बताएका छन्।

एक हजार स्वास्थ्य संस्थामध्ये ५० प्रतिशतले चिकित्सकको जानकारी नै नदिई लाइसेन्स खारेज हुनेछ। यसअघि डाक्टरले एकपटक लाइसेन्स लिएपछि अजीवन दोहोर्‍यायर हेर्ने परिपाटी थिएन ‘नेपाल मेडिकल काउन्सीलका सदस्य डाक्टर सुदीप आचार्यले भने ‘अब समय अवधि नै तोकेर अपडेट गर्ने भएका छौं। उनीहरुले तोकेको कोसै पूरा गर्नेपर्छ, सय नम्बर ल्याउनैपर्छ। नभए लाइसेन्स खारेज हुन्छ। ९९ नम्बर ल्याए पनि बिरामी जाँच्ने अधिकार खोसिने छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।