आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीलाई फाइजरको खोप लगाउन सुरु

आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीलाई फाइजरको खोप लगाउन सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई कोरोना भँइरसविरुद्ध फाइजरको खोप लगाउँदैछ । यो खोप अभियान ८ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई मंसिर ४ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले खोप लगाउनका लागि देशभर २४ वटा खोप केन्द्र तोकेको छ । कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६३० मात्रा प्राप्त गरेको थियो । खोप केन्द्र देशभर तोकिएका ठाउँहरुमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने मन्त्रालयले जनाएको छ ।

१२ वर्षमाथिका मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी, क्यान्सरका बिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, उच्च रक्तचाप र मधुमेह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी दीर्घकालिन रोग भएका व्यक्तिलाई भेरोसेल खोप लगाउने मन्त्रालयले जनाएको छ ।

खोप लगाइने २४ अस्पतालहरु

वीर अस्पताल

त्रिवि शिक्षण अस्पताल

निजामती सेवा अस्पताल

सहिद गंगालाल हृदय केन्द्र

भक्तपुर क्यान्सर अस्पताल

पाटन अस्पताल

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

वीरेन्द्र सैनिक अस्पताल

उपत्यका बाहिर

मेची अस्पताल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

जनकपुर अस्पताल

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान

लुम्बिनी प्रादेशिक अस्पताल

भेरी अस्पताल

डडेल्धुरा अस्पताल

कोशी अस्पताल

गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान

नारायणी अस्पताल

धुलिखेल अस्पताल

धवलागिरी अस्पताल

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

कर्णाली प्रादेशिक अस्पताल

सेती अस्पताल