एजेन्सी – न्युजिल्याण्डमा कोरोना भाइरसविरुद्ध फाइजरको खोप लगाएकी एक महिलाको मृत्यु भएको छ । फाइजरको खोप लगाएकी महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।
फाइजर खोपको साइड इफेक्टको कारण मायोकार्डिटीसका हुने गर्दछ । मायोकार्डिटीस मुटुको मांसपेशीको सुक्ष्म अंग हो । यसले रगतलाई पम्पीङ गर्न सहयोग गर्छ ।
न्युजील्याण्डमा कोरोना विरुद्धको खोप लगाइ मृत्यु भएको पहिलो केस हो । ती महिलाको के कारणले मृत्यु भएको हो अहिलेसम्म पत्ता लाग्न सकेको छैन । स्वास्थ्य मन्त्रालयले अनुसन्धान जारी रहेको बताएको छ । साथै फाइजरपनि यसबारेमा केही प्रतिक्रिया जनाएको छैन ।




प्रतिक्रिया