मौसम बिग्रिएपछि तुम्लिङटार र भरतपुरका उडान रद्द, पोखरामा ढिलाइ

मौसम बिग्रिएपछि तुम्लिङटार र भरतपुरका उडान रद्द, पोखरामा ढिलाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिकूल मौसमका कारण आन्तरिक हवाई सेवाको नियमित तालिका प्रभावित भएको छ ।
तुम्लिङटारका लागि निर्धारित बुद्ध एयरको उडान रद्द भएको छ भने भरतपुरतर्फका तीन उडानसमेत रद्द भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसमसँगै विभिन्न विमानस्थलमा भिजिबिलिटी कमजोर बनेपछि उडान व्यवस्थापनमा समस्या आएको हो ।

भरतपुरतर्फ बुद्ध एयरका तीन उडान सञ्चालन हुन सकेका छैनन् । तुम्लिङटारका लागि तय गरिएको उडान पनि मौसमकै कारण रद्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

पोखरा विमानस्थलमा भने उडानमा ढिलाइ भएको छ । मौसम खुल्ने प्रतीक्षामा केही उडान रोकिएका छन् । अवस्था अनुकूल बनेपछि ती उडान सञ्चालन गर्ने तयारी छ ।

आन्तरिक उडानमा मौसमको प्रभाव देखिए पनि त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भने प्रतिकूल मौसमको असर परेको छैन । अन्तर्राष्ट्रियतर्फका उडानहरू सामान्य रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।