आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल वर्षाका कारण देशैभरका विभिन्न नदीहरूमा बाढीको जोखिम बढेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै रहेको जनाएको छ । तर जोखिम बढ्ने सम्भावना छ।

जिल्लाका हिसाबले दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।

यस्तै इलाम, झापा, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

महाशाखाले यी २५ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिँदै होसियारी अपनाउन भनेको छ।