आज कुन-कुन नदीमा छ बाढीको उच्च जोखिम ?

आज कुन-कुन नदीमा छ बाढीको उच्च जोखिम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारी वर्षाका कारण नदीहरूमा जलसतह बढेपछि बाढीको जोखिम बढेको छ ।

सोमबार बिहानको मापन अनुसार नारायणी, बागमती, कर्णाली, र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको र कोशी, महाकाली र यिनका सहायक नदीहरू बहाव सतर्कता आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

सोमबार कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान छ । साथै दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा, अछाम, हुम्ला, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।

त्यसैगरी ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखाढुङ्गा, खोटाङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, तनहुँ, बर्दिया र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।