काठमाण्डु – देशभर जारी वर्षाका विषयमा जल तथा मौसम विज्ञान विभागले १० बुँदे अद्यावधिक जानकारी सार्वजनिक गरेको छ ।
शनिबार मौसम विज्ञान विभागले सूचना निकाल्दै अद्यावधिक जानकारी गराएको हो ।
यस्तो छ मौसम विभागले जारी गरेको अध्यावधिक जानकारी –
अपडेट (२०८२–०६–१८ दिउँसो १:५० बजे)
१. आज शनिबार दिउँसो १.५० बजेसम्म देशका सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहेको ।
२. पछिल्लो ६ घण्टामा मधेश र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको र कोशी प्रदेशका धेरैजसो जिल्लाहरूमा हल्का वर्षा मापन भएको ।
३. काठमाण्डु जिल्लास्थित बागमती जलाधारको जलमपान केन्द्रहरू र कमला जलाधार क्षेत्रको जलमापन केन्द्रहरूको सतह बढ्दो क्रममा रहेको र राति सतर्कता तह पार गर्ने सम्भावना रहेको ।
४. आज दिउँसोदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने नदीहरूमा बहाब उल्लेख्य बढ्न सुरु हुने ।
५. आज राति नवलपरासी–पश्चिम, नवलपरासी–पूर्व, तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई वहने ससाना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको ।
६. भोलि आईतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाब उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने ।
७. आईतबार रातिदेखि कोसी, कन्काई लगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने ।
८. बाढी र डुबान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता जरुरी ।
९. कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन हुन आवश्यक ।
१०. हाम्रो सामाजिक सञ्जाल Nepal Flood Alert नेपाल बाढी सूचना फेसबूक र एक्स (ट्वीटर) मा हेर्दै गर्नुहोला ।




प्रतिक्रिया