काठमाण्डु – अविरल वर्षाका कारण गत बिहीबारयता देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ ।
बाढीपहिरो लगायतका विपद्मा परी बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको हो ।
बाढीपहिरो लगायतका विपद्मा परी २ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिनुका साथै ४०७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा गरिरहेको जनाइएको छ ।




प्रतिक्रिया