काठमाण्डु – पूर्वी नवलपरासीका ४० घर डुबानमा परेका छन् । नारायणी नदीको बाढी बस्तीमा पसेपछि जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।
गैँडाकोट नगरपालिका–२ को बोटे टोलमा रहेका ३५ घर डुबानमा परेपछि स्थानीयलाई नजिकैको अक्सफोर्ड कलेजको भवनमा सारिएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन् ।
त्यसै गरी कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल डुबेका छन् । पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया