काठमाण्डु – विभिन्न ठाउँमा परिरहेको भारी वर्षाले विभिन्न नदीमा बाढीको जोखिम बढेको छ । कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार इलाम, झापा, उदयपुर, सिन्धुली, काभ्रेपलान्चोक, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, प्युठान, रुकुम पश्चिम, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, जाजरकोट, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
साथै, मोरङ, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, पर्वत, बाग्लुङ, म्याग्दी, अछाम, डडेलधुरा, दार्चुला, र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।
विभागका अनुसार गत राति उदयपुरको गाईघाट, झापाको दमक र अनारमनीस्थित वर्षा मापन केन्द्रहरूमा धेरै भारी वर्षा रेकर्ड गरिएको छ।
भारी वर्षाका कारण ती क्षेत्रका नदी तथा खोलाहरूमा पानीको बहाव बढेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।






प्रतिक्रिया