माईखोलामा फसेका दुई जनाको सेनाको टोलीद्वारा उद्धार

माईखोलामा फसेका दुई जनाको सेनाको टोलीद्वारा उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम – गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो ।

माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो ।

माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फसेका थिए ।

सो खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उनीहरुको सकुशल उद्धार गरेको थियो । भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उनीहरू आपतमा परेका थिए ।

साँझमा बाढीमा फसेका उनीहरूलाई राति सकुशल उद्धार गरिएको थियो ।

रातिको समयमा लाइफ ज्याकेट लगाएर आवश्यक सुरक्षाका साथ उनीहरुको सफल उद्धार गरिएपछि परिवारमा समेत खुशीयाली छाएको छ ।