काठमाडौं – आज (बिहिबार) उपत्यकासहित देशका केही स्थानमा मौसम सामान्य बदली भई पानी कम परिरहेको भएपनि कोशी, नारायणी, कर्णाली र महाकाली नदी तथा यसका सहायक नदीहरुमा बहाब सामान्य घटबड हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यता, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराह, धनकुटा, पर्सा, बारा, नवलपुर, परासी, रुपन्देही, कैलाली, कञ्चनपुर, दाङ लगायत चुरे र तराईबाट बहने केही साना नदीहरुमा आकस्मिक बहावको सम्भावना रहेको छ ।
बिहान इलाम, झापा र मोरङसहित धेरै स्थानहरुमा भारी वर्षा भएको पनि पूर्वानुमानले जनाएको छ ।
कन्काई मैनाचुली बाढी मापन केन्द्रका अनुसार जलसतह बढ्दै गइरहेको छ र यसले सतर्कता तह पार गर्ने सम्भावना रहेकाले सतर्क रहन केन्द्रले अआग्रह गरेको छ ।




प्रतिक्रिया