यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम (सूचीसहित)

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका केही साना नदी तथा खोलामा सोमबार पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

धादिङ, नुवाकोट र लमजुङमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, चितवन, मकवानपुर, कास्की, मुस्ताङ, कालीकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ र दार्चुला भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको अनुमान छ ।

सोमबार बिहानको मापनमा कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।